विराटनगरमा टिपरले टेम्पोलाई ठक्करदिंदा दुई जनाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–१९ स्थित मिलनचौकमा गएराती टिपरले टेम्पोलाई ठकरदिदा दुुइजनाको मृत्युु भएको छ ।
विराटनगरवाट पुुर्वतर्फ गइरहेको टेम्पोलाई पश्चिमवाट आइरहेको को १ क २९१७ नम्वरको टिपरले ठकरदिदा सो दुुर्घटना भएको हो ।
दुुर्घटनामा टेम्पो चालक ग्रामथान गाउपालिका वस्ने ४५ वर्षका वावुुराम सरदार र उनका ६ वर्षिय नातिनी आरोही सरदारको मृत्युु भएको मोरङ प्रहरीले जनाएको छ ।
राती साढे ९ वजे दुर्घटना भएको थियो ।
घटनापछि आक्रोसित भिडले टिपरमा आगजनी गरेको मोरङ प्रहरी प्रमुुख एसपी विश्व अधिकारीले वताउनुुभयो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






प्रतिक्रिया राख्नुहोस्