तपाईँ सुन्दै हुनुहुन्छः

आयोजक माईभ्याली सेमीफाइनल प्रबेश

सविता पाण्डे, इलाम । आयोजक इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकपको सेमी फाईनलमा प्रबेश गरको छ ।

पाहुना टोली मोहोम्मदन स्पोटिङ क्लब कोलकोतालाई २ —१ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो । माइभ्यालीका तर्फबाट विदेशी खेलाडी जुनियर अनगुइनले खेलको चौथो मिनेटमा पहिलो गोल गरी टिमलाई अग्रता दिलाए ।

कोलकोताका केरिमि बेरनार्डले खेलको ४४ औ मिनेटमा एक गोल गरी खेललाई बराबरीमा पुर्याए । माइभ्यालीका एन्द्रे थेरी बियाकले खेलको ९४ औ मिनेटमा गोल गरी टीमलाई जित दिलाए ।

जीत सँगै आयोजक माइभ्याली गोल्डकपको सेमीफाइनलमा पहिलो पटक प्रवेश गरेको हो । यस अघिका संस्करणमा आयोजक सेमीफाइनल सम्म पुग्न सकेको थिएन । अब माइभ्यालीको भेट सेमीफाइनलमा त्रिभुवन आर्मीसँग विहिबार हुनेछ ।

खेलको म्यान अफ दी म्याच माइभ्यालीका एन्द्रे थेरी यिबाक बने । उनले नगद १० हजार प्राप्त गरे ।

बुधवार देखि सेमीफाइनल खेल सुरु हुनेछ । पहिलो सेमीफाइनल खेलमा बुधबार मच्छिन्द्र क्लब काठमाण्डौ र मानेभञ्जयाङ फुटबल क्लब दाजिलिङ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको बिजेताले नगद ८ लाख उपविजेतालो ५ लाख प्राप्त गर्नेछन । प्रतियोगिताको फाइनल खेल फागुण २४ गते हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button