जनताको अपेक्षा र भावना अनुरुप काम गर्छुः सभामुख सापकोटा

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले जनताको अपेक्षा र भावना अनुरुप काम गर्न आफु प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा जारी सुकुटे महोत्सवको आज समापन कार्यक्रममा सभामुख सापकोटाले आँफुले जनताको अपेक्षामा कुठाराघात नहुने गरी काम गर्ने बताउनुभयो ।
सभामुख सापकोटाले मुलुककै पर्यटन विकासका लागि सिन्धुपाल्चोक जिल्ला उत्कृष्ट पर्यटकीय जिल्लाको रुपमा रहेको समेत बताउनुभयो ।
उहाँले पछिल्ल्लो समय चिनबाट फैलिएको कोरोना भाईरसका कारण पर्यटनमा प्रतिकुल असर परिरहेको अवस्थामा चिनले त्यसको भ्याक्सिन समेत बनाउन लागेकाले विस्तारै त्रास हट्दै जाने र पर्यटकहरु भित्रिने समेत विश्वास व्यक्त गर्नुभयो ।
१७ गतेदेखि जारी सुकुटे महोत्सव १० बुँदै घोषणापत्र जारी गर्दै आज सकिएको हो ।
त्यहाँको पर्यटन विकास, होटल, रिसोर्ट र होमस्टे आसपासका क्षेत्रमा अर्गानिक भिलेज निर्माण, नदि संरक्षण र पर्यटनलाई व्यवस्थित गर्न करिडोर हरियाली अभियान संचालन, कृषिको बजारीकरण लगायतका विषय घोषणापत्रमा समेटिएको छ ।








प्रतिक्रिया राख्नुहोस्