तपाईँ सुन्दै हुनुहुन्छः

घुस लिएको आरोपमा इन्जिनियर र वडासदस्य विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

तनहुँ । तनहुँको भानु नगरपालिकाका इन्जिनियर शुकदेव अधिकारी र वडा नम्बर १३ का वडासदस्य कृष्णबहादुर अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

विद्यालय भवनको निर्माण सम्पन्न गरी भुक्तानी दिने प्रयोजनका क्रममा घुस लिएको आरोपमा इन्जिनियर अधिकारी र वडासदस्य अधिकारीविरुद्ध मुद्दा दायर भएको हो ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा सदस्य अधिकारी र इञ्जिनीयर शुकदेव अधिकारीले सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गरेको हो ।

पोखराबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई गत माघ २६ गते रंगेहात पक्राउ गरेको थियो । दुबैजनालाई भानु नगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button