टेकु अस्पतालमा भर्ना भएका चारै जनामा कोरोना संक्रमण नभेटिएको पुष्टि

काठमाडौं ।कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका चारै जनाको स्वास्थ्य परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
रिपोर्ट आएसँगै उनीहरुमा कोरोना भाइरसको संक्रमण नभेटिएको पुष्टि भएको हो । शुक्रराज अस्पतालमा भर्ना भएका उनीहरु चीन र कोरियाबाट आएका थिए । चीनबाट एक जना र कोरियाबाट आएका ३ जनालई आइतबार अस्पताल भर्ना गरिएको थियो । परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलाले जानकारी दिनुभयो ।
हालसम्म २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जनामा भाइरस नभेटिएको पुष्टि भएपछि घर फर्किसकेका छन् ।








प्रतिक्रिया राख्नुहोस्