आज चट्याङसहित वर्षाको सम्भावना,आगामी ३ दिनको देशभरीको मौसम अपडेट

काठमाडौँ ।आज देशका पहाडी भेगमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
आज मध्य र पूर्वी पहाडका थोरै स्थानमा तथा पश्चिम पहाडका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।
आज अपराह्नपछि मध्य र पूर्वी पहाडका निश्चित ठाउँमा वर्षा हुने सम्भावना छ । अहिले प्रिमनसुन चलिरहेको छ। यो हावाहुरी र चट्याङको बढी सम्भावना रहेको मौसम हो।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/११/२० देखि २०७६/११/२२) जारी समय : बिहान ६:०० बजे नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (जारी मितिः २०७६-११-२० बिहान ६:०० बजे)
मौसम विश्लेषण) Meteorological Analysis):- हाल देशमा स्थानीय वायुको प्रभाव रहेको छ ।
मौसमको अवस्था )Present Weather Status): हाल देशैभरि माैसम सामान्यतया सफा रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन २० गते (मंगलबार)
दिउँसोः देशको पुर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र पश्चिमी पहाडी भू-भाग आंशिक बदली रहनेछ। तराई भू-भाग सामान्यतय सफा रहने छ । मध्य तथा पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पुर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भाग आंशिक बदली रहनेछ। तराई भू-भाग सामान्यतय सफा रहने छ । मध्य तथा पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
फागुन २१ गते (बुधबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
फागुन २२ गते (बिहिबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पश्चिमी भू-भागमा सामान्य बदली र बाँकि भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी र मध्यका थोरै स्थानहरुमा र पूर्वी पहाडका एक/ दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):- पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउनुहुन अनुरोध छ।








प्रतिक्रिया राख्नुहोस्