तपाईँ सुन्दै हुनुहुन्छः

मच्छिन्द्र क्लव माइभ्याली गोल्डकपको सेमिफाइनलमा

इलाम । लिग च्याम्पियन मच्छिन्द्र क्लव इलाममा जारी माइभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रुपन्देहीको गोर्खा ब्याइजलाई टाइब्रेकरमा हराउँदै मच्छिन्द्र अन्तिम चारमा प्रवेश गर्यो ।

इलामको तल्ला टुडिखेलमा भएको खेलमा मच्छिन्द्रले गोर्खा ब्याइजलाई टाइब्रेकरमा ५–३ गोलले हरायो । निर्धारित ९० मिनेट र थप गरिएको २० मिनेटमा दुबै टिमबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

जसमा मच्छिन्द्रका पाँचै खेलाडीले गोल गर्दा गोर्खाका तीन खेलाडीले मात्र गोल गर्न सकेन ।

टाइब्रेकरमा मछिन्द्रका रञ्जित धिमाल, वुद्ध चेम्जोङ, विमल घर्ति मगर, दिनेश राजवंशी र देवेन्द्र तामाङले गोल गरे । गोर्खाका फोडे फोफाना, कान्छा तामाङ र गौतम श्रेष्ठले गोल गरे । तर, हम्जातको प्रहार पोस्टमा लागेर फर्किदा गोर्खा क्वाटरफाइनलमै रोकिनु पर्यो ।

प्रतियोगितामा मंगलबार घरेलु टिम माइभ्याली स्पोर्टिङ क्लव र भारतको मोहमडन स्पोर्टिङ क्लव विच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button