करिब ८१ हजार हेक्टर जमिनमा उखु खेती
काठमाडौं । नेपालमा कूल खेतीयोग्य, जमीनमध्ये करिब ८१ हजार हेक्टर जमिनमा उखु खेती हुने गरेको छ । विश्वमा उखु उत्पादन गर्ने राष्ट्रमध्ये ३३ औँ स्थानमा नेपाल रहेको छ तर यस्तो अवस्थामा पनि उखु खेती फस्टाउन सकेको छैन ।
नेपाल कृषि अनुसन्धान परिषद् राष्ट्रिय उखु बाली अनुसन्धान कार्यक्रम जितपुरका अनुसार आर्थिक वर्ष २०७४।०७५ मा नेपालमा ४३ लाख मेट्रिक टन उखु उत्पादन भएको थियो ।
सो वर्ष लगभग १३ लाख १५ हजारभन्दा बढी घर परिबार प्रत्यक्ष रूपमा उखु खेतीमा संलग्न रहेको र हजारौँ श्रमिकले रोजगारी पाई जीविकोपार्जन गरिरहेको उखु बाली अनुसन्धान कार्यक्रमद्वारा उपलब्ध तथ्याङ्कमा उल्लेख छ ।
चिनी उद्योग र चिनीको बजारीकरणका कारण हजारौँ व्यक्ति र परिवारले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन ।
उखु खेतीको विकास गर्न सके चिनी उद्योगबाट निस्कने ‘बाइ प्रोडक्ट्स’मा आधारित मोलसेसबाट स्प्रीड मदिरा, जैविक मल, बोक्राबाट कागज, काडबोर्ड, रस उमाल्दा निस्कने रापबाट विद्युत् उत्पादन गर्न सकिने थुप्रै उद्योगहरूको एउटा शृङ्खला नै चल्नेसक्ने भएको हुनाले थप हजारौँ प्रत्यक्ष रोजगार र मुलुकमा रोजगार सिर्जना गर्नसक्ने तथा राजश्व प्राप्त गर्ने अवस्था रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्