मदन भण्डारी विश्वविद्यालयको प्राज्ञिक परिषद् समावेसी बनाउनुपर्नेमा सांसदहरुकोे जोड

काठमाडौँ । सांसदहरुले मदन भण्डारी विज्ञान तथा प्रविधि बिश्वबिद्यालयको प्राज्ञिक परिषद्मा महिला सहभागिता अनिवार्य गरिनुपर्नेमा जोड दिनुभएको छ ।
प्रतिनिधीसभा शिक्षा तथा स्वास्थ्य समितिमा मदन भण्डारी बिज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि आज भएको छलफलमा सांसदहरुले विश्वविद्यालयको परिक्षा प्रणाली व्यवस्थित गर्नुपर्ने, परिषद्लाई समावेशी बनाउनु पर्ने लगायतका विषयमा जोड दिनुभयो ।
विश्वविद्यालय रहेको स्थानका जनप्रतिनिधीहरुलाई पनि व्यवस्थापन समितिमा सहभागी गराएर अघि बढ्नुपर्ने विषयमा समेत छलफलका क्रममा सांसदहरुले सुझाव दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्