तपाईँ सुन्दै हुनुहुन्छः

पूर्णकालीन क्याम्पस प्रमुख नियुक्त गर्न माग

पोखरा-प्रजातन्त्रवादी प्राध्यापक सङ्घ वन विज्ञान अध्ययन संस्थान एकाइले पूर्णकालीन क्याम्पस प्रमुख नियुक्ति गर्न माग गरेको छ । वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा विगत दुई वर्षदेखि रिक्त पूर्णकालीन क्याम्पस प्रमुखको नियुक्तिलाई अड्काएर अधिकारको दुरुपयोग गर्दै मनोमानीरुपमा तीन÷तीन महिने क्याम्पस प्रमुख नियुक्ति गरिँदा क्याम्पसको समग्र शैक्षिक वातावरणमा नै असर पुगिरहेको भन्दै सङ्घले उक्त माग गरेको हो ।

क्याम्पसको प्राज्ञिक गरिमालाई उचो बनाउन राजनीतिक आस्था र व्यक्तिगत स्वार्थबाट माथि उठेर विधि र प्रक्रिया सङ्गतरुपमा विषय विज्ञता, वरिष्ठता, प्रशासनिक दक्षताजस्ता कुरालाई ख्याल गर्दै तत्कालीन पूर्णकालीन क्याम्पस प्रमुख नियुक्त गर्न आफूहरूले माग गरेको सङ्घका सभापति राजन सुवेदीले जानकारी दिनुभयो ।

उपकुलपति स्वयंले गर्नुभएको १५ बुँदे प्रतिबद्धताका साथै विश्वविद्यालयलाई सेन्टर अफ एक्सलेन्स बनाउने उद्देश्य पूरा गर्न पनि राजनीतिक आस्था र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न सङ्घले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button