तपाईँ सुन्दै हुनुहुन्छः

माईभ्याली गोल्डकपः त्रिभुवन आर्मी सेमिफाइनल प्रवेश

 इलाम । त्रिभुवन आर्मी क्लब इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकपको सेमी फाईनलमा प्रवेश गरेको छ ।

इलामको ठूलो टुडीखेलमा आइतबार भएको खेलमा संकटा क्लव काठमाडौँलाई दुई शुन्यले हराउदै अघिल्लो चरणको यात्रा निश्चित गरेको हो ।
आर्र्मी तर्फबाट सुदिल राईले दुई गोल गरी गरे । उनले खेलको ७आँै मिनेट र दोस्रो हाफको ३७ औ मिनेटमा गोल गरी टीमलाई जीत दिलाए ।

संकटाका विदेशी खेलाडी डेडि वाम्बाले खेलको ४१आँै मिनेटमा सान्तवना एक गोल फर्काए ।

खेलको म्यान अफ दी म्याच आर्मीका सुदिल राई बने । उनले नगद १० हजार प्राप्त गरे ।

सोमबार हुने तेस्रो क्वाटरफाइनल खेलमा गोर्खा व्वाइज रुपन्देही र मच्छिन्द« क्वब काठमाण्डौ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button