तपाईँ सुन्दै हुनुहुन्छः

दार्चुलाका पाँच स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण हुने

दार्चुला । दार्चुला जिल्लाका पाँच स्थानिय तहमा १५ शैयाको अस्पताल निर्माण हुने भएका छन् । नेपाल सरकारको फागुन १६ गते बसेको मन्त्रिपरिषदको बैठकले अस्पताल निर्माण गर्ने निर्णय गरेको हो ।

नौ स्थानिय तह रहेको दार्चुलामा मालिकार्जुन गाउँपालिकाको पस्ती स्वास्थ्य चौकी, लेकम गाउँपालिकाको रिठाचौपाता स्वास्थ्य चौकी, अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी स्वास्थ्य चौकी, नौगाडको खार स्वास्थ्य चौकी र दुहुँ गाउँपालिकाको धारी स्वास्थ्य चौकीमा अस्पताल निर्माण गरिने भएको छ । मार्मा गाउँपालिका र व्याँस गाउँपालिकामा भने यसअघि नै अस्पताल निर्माण गर्ने निर्णय भैसकेको छ ।

महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकामा २५ शैयाको अस्पतालन सञ्चालनमा रहेका छन् । थप १५ शैयाको अस्पताल निर्माण गर्ने निर्णय कार्यान्वयनसंगै दार्चुलाका नौ वटै स्थानीय तहमा सुविधा सम्पन्न अस्पतालबाट सेवा प्रवाह हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button