उपत्यकाको फोहर व्यवस्थापनलाई मूख्य प्राथमिकतामा राखि कार्य अघि बढाइएको छ : राज्य मन्त्री मानन्धर

काठमाडौँ । शहरी बिकास राज्य मन्त्री रामवीर मानन्धरले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनलाई मूख्य प्राथमिकतामा राखि कार्य अघि बढाएको बताउनुभएको छ ।
राज्य मन्त्री मानन्धरको कार्यकाल एक सय दिन पुगेको अवसरमा आज आयोजित पत्रकार भेटघाटमा मन्त्री मानन्धरले दिर्घकालिन फोहर व्यवस्थापनका लागि नुवाकोट र धादिङ्गको सीमानास्थित बन्चरे डाडाँमा स्यानेटरी ल्याण्डफिल्ड साईडको निर्माणलाई तिव्रता दिन आवश्यक निर्देशन र बजेट व्यवस्थापनको कार्य भएको जानकारी दिनुभयो ।
मन्त्री मानन्धरले स्वच्छ र व्यवस्थित शहरीकरणको विकासका लागि उपत्यकाको तीनै जिल्लामा चार नयाँ शहरहरुका प्राविधिक अध्ययन भईरहेको जानकारी दिनुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्