महोत्तरीमा अज्ञात समूहद्वारा गोली प्रहार

महोत्तरी । महोत्तरीमा अज्ञात समूहद्वारा एक बृद्धमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
जिल्लाको मनरासिसवा नगरपालिका–३, का ६१ वर्षीय सहदेव प्रसाद यादव अज्ञात समूहको गोली प्रहारबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव बुढाथोकीले बताउनुभएको छ । घाइते यादव पूर्व शिक्षक रहेको महोत्तरी प्रहरीले जनाएको छ ।
छातीमुनि गाली लागेर घाइते भएका यादवको जनकपुरस्थित जानकी केयर हस्पिटलमा उपचार भइरहेको छ । उहाँको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
राती २ बजे तिर शौच गर्न बहारि निस्किनु भएको यादवलाई अज्ञात समूहले गोली प्रहार गरेको र गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्