तपाईँ सुन्दै हुनुहुन्छः

न्यूरोसर्जनबीच अन्तरक्रिया सम्पन्न

सुुर्य अधिकारी, चितवन । न्यूरोसर्जन सम्बन्धी नयांँ प्रविधि र अनुभव तथा ज्ञान साटासाट गर्ने उद्देश्यका साथ देशभरका न्यूरोसर्जनको अन्तरक्रिया चितवनको सौराहामा आज सम्पन्न भएको छ ।

चिकित्सकबीच ज्ञान आदान प्रदान गर्ने, नयांँ प्रविधिसम्बन्धी छलफल र समाजमा न्युरोसम्बन्धी समस्या, उपलब्धी र जनचेतना जगाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक नेसन नेप्लीज सोसाइटी अफ न्यूरोसर्जन्सले जनाएको छ ।

कार्यक्रममा काठमाडौँ, झापा, रुपन्देही र चितवन लगायत ४० जना न्यूरोसर्जन हरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button