तपाईँ सुन्दै हुनुहुन्छः

शान्ति सुरक्षा र सुशासनको अवस्था राम्रोः गृहमन्त्री थापा

माधव पराजुली । गृहमन्त्री राम बहादुर थापाले देशमा शान्ति सुरक्षा र सुशासनको अवस्था राम्रो रहेको बताउनुभएको छ ।

गृह मन्त्रालय र आन्तिरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा पोखरामा जारी गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री थापाले देशको आर्थिक वृद्धिदर गत वर्ष ७ दशमलव १ प्रतिशतमा रहेकोमा चालु आर्थिक वर्षमा ८ प्रतिशत पुर्याउने र आउँदो तीन वर्षमा दोहोरो अंकमा पुरयाउने गरी सरकारले काम गरिरहेको बताउनुभयो ।

राष्ट्रिय सभामा खाली भएको १ सदस्यमा मनोनयन गर्ने विषयमा पार्टीमा विवाद नभएपनि त्यसलाई विवादास्पद बनाईएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button