तपाईँ सुन्दै हुनुहुन्छः

मनाङलाई चौथो पटक बुढासुब्बा गोल्डकपको उपाधि

धरान । २२ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।

शनिबार सुनसरीको धरान रंगशालामा सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मनाङ मर्स्याङ्दी चौथो पटक उपाधि भित्र्याउन सफल भएको हो ।

मनाङको जितमा खेलको ११ औ मिनेटमा दयानन्द सिंह, ५० औ मिनेटमा विशाल लिम्बु र ८४ औ मिनेटमा विमल रानाले गोल गरे भने पुलिसका तर्फबाट भोला सिलवालले ६५ औ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै सान्तोना गोल फर्काए ।

उपाधिसहित मनाङले १० लाख रुपैया पुरस्कार हात पारेको छ भने पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button