सुनसरीमा टेम्पो आफै अनियन्त्रित भई पल्टिदा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको रामधुनी नगरपालिकामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रामधुनी नगरपालिका वडानम्बर १ को भित्री सडकमा भएको दुर्घटनामा इनरुवाका ३५ बर्षिय नन्दराम खवासको मृत्यु भएको हो ।
झुम्का तर्फ आउँदै गरेको को २ ह ६१६३ नम्बरको टेम्पो आफै अनियन्त्रित भई पल्टिदा चालक खवास गम्भिर घाईते भएका थिए ।
उनलाई उपचारको लागि इटहरीस्थित एपेक्स अस्पतालमा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्