युरोपा लिग : आर्सनललाई पराजित गर्दै युनाइटेड अन्तिम १६ मा प्रवेश

एजेन्सी। इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड र वल्भ्स युरोपा लिगको अन्तिम १६ मा प्रवेश गर्दा आर्सनल भने अन्तिम ३२ बाटै बाहिरिएको छ ।
बेल्जियन क्लब ब्रुगलाई दोस्रो लेगमा ५–० ले पराजित गर्दै युनाइटेड समग्रमा ६–१ ले विजयी भएको हो । पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो ।
घरेलु मैदान ओल्ट ट्राफोर्डमा भएको खेलमा युनाइटेडका लागि फ्रेडले दुई गोल गरे भने ब्रुनो फर्नान्डेज, ओडियन ओघालो र स्कट म्याकटोमिनेले एक–एक गोल गरे ।
खेलको २३ औं मिनेटमा ब्रुगका सिमोन डेली रातो कार्ड खाँदै मैदान बाहिरिउपछि ब्रग दश खेलाडीमा झरेको थियो । त्यसको फाइदा उठाउँदै युनाइटेडले ५ गोल गरेको हो ।
उता, लण्ड क्लब आर्सनलले पहिलो लेग अवे मैदानमा १–० ले जितेपछि दोस्रो लेगमा ग्रिक क्लब ओलम्पियाकोसंग घरेलु मैदानमै २–१ ले हारेपछि अवे गोलका आधारमा बाहरियो । समग्रमा नतिजा २–२ भए पनि घरेलु मैदानमा दुई गोल व्यहोरेपछि आर्सनल अभागी बनेको हो ।
एमरेट्स स्टेडियममा भएको खेलमा पिएरे एमरिङ ओवामेयाङले खेलको अन्तिममा गोल्डेन चान्स गुमाउँदा आर्सनल पराजित भयो ।
यस्तै अर्को इंग्लिस क्लब वल्भ्सले स्पानिस क्लब स्पायोललाई समग्रमा ६–३ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ । पहिलो लेगमा ४–० को जित हात पारेको वल्भ्सले दोस्रो लेग ३–२ ले हारेपनि समग्रमा खेल ६–२ ले जितेको हो ।








प्रतिक्रिया राख्नुहोस्