तपाईँ सुन्दै हुनुहुन्छः

सागका पदक विजेता खेलाडीका लागि प्रस्तावित पुरस्कार रकम अनुमोदन


काठमाडौ । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद सागका पदक विजेता खेलाडीका लागि प्रस्तावित पुरस्कार रकम अनुमोदन गरेको छ ।

संशोधित कार्य्विधि अनुसार स्वर्ण पदक विजेतालाई ९ लाख, रजत पदक विजेतालाई ६ लाख र कास्य पदक विजेतालाई तीन लाख नगद पुरस्कार दिने उल्लेख छ । १ भन्दा बढी स्वर्ण जित्नेले प्रति स्वर्ण ११ लाख रुपैयाँ पाउनेछन् । यस्तो सुविधा सागमा सर्बा्धिक ४ स्वर्ण जितेकी गौरिका सिंह तथा २ स्वर्ण विजेताहरु मन्डेकाजी श्रेष्ठ, आयशा शाक्यलगायतलाई हुनेछ ।

त्यस्तै सामुहिक खेलका स्वर्ण विजेताले ६ लाख दिइने छ । त्यस्तै स्वर्ण विजयी खेलाडीका प्रशिक्षकलाई पनि जनही ५ लाख रुपैयाँ पुरस्कारको व्यवस्था छ । मन्त्रालयले खेलाडीको पुरस्कारका लागि २४ करोड ७४ लाख रुपैयाँ निकासाका लागि सिफारिस गरेको थियो ।

साग सम्पन्न भएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर तामझामपूर्वक विशेष प्याकेज घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button