तपाईँ सुन्दै हुनुहुन्छः

द्विपक्षीय व्यापार प्रवद्र्धनमा जोड दिनुपर्ने

काठमाडौं । नेपाल र बङ्गलादेशबीच अपेक्षाकृत व्यापार एवं आर्थिक सहयोग विस्तार हुन नसकेकामा अर्थतन्त्रका जानकारहरुले चिन्ता व्यक्त गर्नु भएको छ ।

नेपाल विश्व सम्बन्ध परिषद् र नेपालस्थित बङ्लादेशी राजदूतावासद्वारा संयुक्त रुपमा बिहिवार काठमाण्डौमा आयोजित ‘बङ्गलादेश–नेपाल व्यापार तथा आर्थिक सहयोग’ विषयक कार्यशालाका वक्ताहरुले सरकारीस्तरमा नै द्विपक्षीय व्यापार प्रवद्र्धनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनु भयो ।

उहाँहरुले जनस्तर र व्यापारी–व्यापारीबाट मात्र व्यापार प्रवद्र्धन असम्भव भएको तर्क गर्दै सरकारीस्तरमा नै विशेष प्रयास हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शङ्कर शर्माले ७.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरिरहेको बङ्गलादेशबाट नेपालले सिक्नुपर्ने र बंगलादेृशले औद्योगिक विकासका लागि गरेका संरचनागत सुधारको नेपालले अनुसरण गर्नुपर्ने बताउनुभयो ।

नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम्सले बङ्गलादेश–नेपाल व्यापार विस्तारमा दुवै देशका कर्मचारीतन्त्र जिम्मेवार रहेको बताउँदै आपसी व्यापार बढोत्तरीका धेरै क्षेत्रमा दुई देशबीच सहकार्य गर्न सकिने प्रस्ट गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button