संघीयताले विकासको अभियान गाँउ–गाँउमा तिव्र रुपमा अगाडी बढेको छ : मन्त्री खतिवडा

काठमाडौँ । सञ्चार तथा सुचना प्रविधी मन्त्री डा.युवराज खतिवडाले संघीयताले विकासको अभियान गाँउ गाँउमा तिव्ररुपमा अगाडी बढेको बताउनुभएको छ ।
मन्त्रीपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आज सञ्चार तथा सुचना प्रविधी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार मन्त्री डा. खतिवडाले संघीयतामा राज्यका साधन स्रोतको वितरण समानुपातिक भएकाले यसबाट देशको कुनै पनि क्षेत्रको विकास ओझलमा पर्ने अवस्था नरहने बताउनुभयो ।

२०५१ सालमा गाविसमा तीन लाख दिने सुरुवात भएको स्मरण गराउँदै सञ्चारमन्त्री डा. खतिवडाले अहिले यो बजेट तुलनात्मक रुपमा स्थानीय तहमा करोडौँ गईरहेकाले यसलाई संघीयता कार्यान्वयनको एउटा सुन्दर पाटोका रुपमा लिनुपर्ने बताउनुभयो ।
सञ्चारकर्मीको एक जिज्ञासामा सञ्चार तथा सुचना प्रविधी मन्त्री डा. युवराज खतिवडाले पर्व सञ्चारमन्त्रीको अडियो प्रकरणका सम्बन्धमा संस्थागत ढंगबाट निरुपण हुने बताउनुभयो ।

सञ्चारमन्त्री डा. खतिवडाले पूर्व सञ्चारमन्त्रीको अडियो प्रकरणका सम्बन्धमा सम्बद्ध निकायहरुले आवश्यक कामहरु गरिरहेकाले त्यसको पक्ष विपक्षमा धारणा बनाउने काम नगर्न आग्रह गर्नुभयो ।
मन्त्री डा. खतिवडाले पुस्तक आयातमा लागेको कर स्वदेशी उधोगको हितका लागि लगाईएकाले तत्काल नहटाईने बताउनुभयो ।
पुस्तक बिक्री गर्दा ३५ देखि ४० प्रतिशत नाफा हुने भन्दै उहाँले व्यापारको नाफामा कर लगाएको स्पष्ट पार्नुभयो ।
सरकारले विदेशी पुस्तक आयात गर्दा अंकित मुल्यको १० प्रतिशत कर लिने गरेको छ ।
अर्थमन्त्री समेत रहनुभएका डा. खतिवडाले पुंजीगत खर्च सरकारले सोचे अनुसारकै हुने र तत्काल यो कम भएको हो कि भन्ने जस्तो देखिएपनि यस्तो अवस्था अब धेरै समय नरहने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्