दुर्घटनामा गम्भिर घाईते सीपी मैनालीसहित सबै जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगियो

बर्दिवास । सडक दुर्घटनामा परी गम्भिर घाईते हुनुभएका पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनालीसहित सबै जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।
दुर्घटनामा घाईते हुनुभएका मैनालीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाती एन मैनाली र चालक रामप्रसाद पौडेललाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाईएको ईलाका प्रहरी कार्यालय बर्दिवासमा डिएसपी राजन चापागाईले जानकारी दिनुभयो ।

मैनाली चढेको गाडी विपी राजमार्गस्थित महोत्तरीको बर्दिवास नगरपालिका ३ कालापानीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी महासचिव मनौली गम्भिर घाईते हुनुभएको छ ।
झापाबाट काठमाडौंतर्फ जाँदै गरेको मैनालीसहित परिवार सवार रहेको बा ७ च २१२० नम्बरको कार र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ४ च ७६८० नम्बरको पिकअप एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी मैनालीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाती एन मैनाली र चालक रामप्रसाद पौडेल घाईते भएका छन् ।

मैनालीको टाउकोमा गम्भिर चोट लागेको छ भने दाहिने खुट्टा भाचिएको र शरीरको अन्य भागमा गम्भिर चोट लागेको छ ।
मैनालीका बुहारीको दुवै खुट्टा भाँचिएको डिएसपी चापागाईले जानकारी दिनुभयो ।
घाईतेहरुको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार पश्चात बर्दिवासस्थित मध्यपूर्वी पृतना पुर्याइएको र सेनाको हेलिकप्टर मार्फत काठमाडौं पठाइएको हो ।








प्रतिक्रिया राख्नुहोस्