बागमती प्रदेशका छोरी बुहारीलाई उच्च शिक्षा अध्ययन छात्रवृत्ति

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशका चार सय चार जना छोरी बुहारीलाई उच्च शिक्षा अध्ययनको लागि छात्रबृति प्रदान गरिएको छ ।
छात्रवृत्तिका लागि प्रदेशका एक हजार छ सय ९२ जनाको आवेदन परेकोमा छात्रवृत्तिका लागि छनोट भएका चार सय चार जनाको नाम मंगलबार सार्वजनिक गरेको हो ।
बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयले उच्च शिक्षा अध्यन गर्नका लागि छोरी बुहारीलाई छात्रवृत्तिका लागि गत पुस महिनामा आवेदन फारम भर्न सूचना प्रकाशन गरेको थियो । जसको नतिजा मंगलबार सार्वजनीक गरेको हो ।
छात्रवृत्तिका लागि स्नाकोत्तर तह प्राविधिक तथा व्यवसायिक विषयमा अध्ययनरत पाँच जनाको कोटा रहेकोमा तीन जनाको मात्रै आवेदन परेको र तीनै जनाले छात्रवृत्ति पाउने भएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा बिकास निर्देशनालयले जनाएको छ ।
त्यस्तै स्नात्तकोत्तर तहमा विज्ञान संकाय अध्ययनरतका लागि १० वटा कोटा रहेकोमा कसैको पनि आवेदन नपरेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी रुद्रहरि भण्डारीले जानकारी दिनुभयो ।
स्नातक तह विज्ञान संकायमा अध्ययनरतका लागि ५५ जनाको आवेदन परेकोमा २७ जना छात्रवृत्तिका लागि छनोट भएका छन् ।
त्यस्तै स्नातक तह विज्ञान संकाय बाहेक अन्यमा एक हजार पाँच सय २५ जनाको आवेदन परेकोमा दुई सय ६५ जना छनोट भएका छन् ।
छोरी बुहारी छात्रवृत्तिमा छनोट भएका बिद्यार्थीलाई छात्रवृत्तिको रकम विद्यार्थीको बैंक खातामार्फत प्रदान गरिने निर्देशनालयले जानकारी दिएको छ ।
छोरीबुहारी छात्रवृत्तिका लागि आवेदन दिने बिद्यार्थी बागमती प्रदेशकै स्थायीवासी हुनुपर्ने, स्नातक वा स्नातकोत्तर तहमा अध्ययनरत हुनु पन लगायतका मापदण्डहरू निर्धारण गरिएको थियो । आवेदन भर्ने मध्ये दलित, जनजाति, सहिद तथा बेपत्ता परिवारका विद्यार्थी, अपाङ्गता, सीमान्तकृत र दुर्गम क्षेत्रको विद्यार्थीलाई विशेष प्राथमिकता दिएर छनोट गरिएको निर्देशनालयले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्