तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । विहिबार सुनको मुल्य वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ सयले बढेर छापावाला सुन प्रतितोला रु ७९ हजार ७०० मा कारोबार भइरहेको छ ।

यस अघि बुधबार सुनको मुल्य प्रतितोला ७९ हजार ५ सयमा कारोबार भएको थियो ।महासंघका अनुसार तेजावी सुनको मूल्य आज ७९ हजार ४०० सय कायम गरिएको छ ।

यस्तै, विहिबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मुल्य तोलामा रु. ५ ले घटेर प्रतितोला ९०० रुपैंयामा कारोबार भइरहेको महासंघका जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button