सोलुखुम्बु र सुनसरीलाई उपाधी
सोलुखुम्बु -सोलुखुम्बु, फागुन ११ गते । मदन भण्डारी स्र्पोटस् एकेडेमीद्वारा सोलुखुम्बुमा आयोजित प्रदेशस्तरीय तेस्रो मदन स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधी सोलुखुम्बु र सुनसरीले बराबरी बाँडेका छन् ।
फाइनल खेलका क्रममा ठूलो पानी परेपछि स्थगित भएको खेल वर्षाकै कारण पुनः सञ्चालन हुन नसक्दा दुवै टिमलाई प्रथम बनाइएको हो ।
प्रतिस्पर्धामा रहेका दुवै टिमले दुई÷दुई सेट जितेर पाँचौँ सेटमा पाँच÷पाँच अङ्क बनाएपछि पानी परेको थियो । खेल नहुने भएपछि दुवै टिमको सहमतिमा दुवै टिमलाई प्रथम घोषणा गरी पुरस्कार रकम बराबरी बाँडिएको मदन भण्डारी स्र्पोटस् एकेडेमी सोलुखुम्बुका अध्यक्ष दिपक राजभण्डारीले जानकारी दिनुभयो ।
फाइनलमा पहिलो र दोस्रो सेट सोलुखुम्बुले जितेकोे थियो भने तस्रो र चौथो सेट सुनसरीले जितेको थियो ।
नेपाल पर्यटन बर्ष २०२० लाई समेत सहयोग पु¥याउने उद्देश्यले आयोजित प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः दुई लाख रुपियाँ, एक लाख रुपियाँ, ५० हजार रुपियाँ र सान्तवना हुनेललई २५ हजार रुपियाँ नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
ताप्लेजुङ बाहेक प्रदेश नम्बर १ का १३ जिल्लाको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १५ हजार रुपियाँ, बेष्ट ब्लकर, बेष्ट स्पाईकर, बेष्ट लिफ्टर, बेस्ट डिफेन्डर, बेष्ट सर्भरलाई १०÷१० हजार रुपियाँका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । खेलाडीलाई भत्ता, खेल पोषाक, खान, बस्न र यातयातको ब्यवस्था आयोजकले गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्