साँढे पाँच करोडको लगानीमा डेरी उद्योग स्थापना
विराटनगर । प्रदेश नम्वर एकको विराटनगरमा साँढे पाँच करोडको लगानीमा डेरी उद्योग स्थापना भएको छ ।
दैनिक २० हजार लिटर दुुग्ध प्रशोधन गर्ने क्षमता रहेको सुुर्योदय मिल्क एण्ड वेभरेज इण्डष्ट्रिज प्रालीको बुधबार उद्घाटन गर्नुुहुुदै प्रदेश न १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले कृषिक्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको बताउनुु भयो ।
मुख्यमन्त्री राईले, कृषि पशुुपालन तथा दुुग्ध उत्तपादनमा वृद्धि गर्न प्रदेश सरकारले थप अनुुदानका कार्यक्रम ल्याउने पनि बताउनुुभयो ।
कार्यक्रममा प्रदेश न १ का भुुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुुर रानाले कृषिलाई व्यावसायीकरण गर्दै त्यसलाई उद्योगसँग जोडनु आवश्यक रहेको बताउनुुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव डा. विमलकुुमार निर्मल, प्रदेश सभासद् जयराम यादव, नेकपाका नेता गुुरु बराल लगायतले कृषि गुुुणस्तरिय दुुग्ध उत्तपादनमा डेरि उधोगहरुले ध्यान पुु¥याउनुुपर्नेमा जोड दिनुुभयो ।








प्रतिक्रिया राख्नुहोस्