तपाईँ सुन्दै हुनुहुन्छः

इन्डोनेसियामा ५.९ म्याग्नीच्यूडको भूकम्पको धक्का  

जकार्ता – इन्डोनेसियाको दुर्गम पूर्वी क्षेत्रमा बुधबार ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेले ठूलै भूकम्प गएपनि सुनामी आउने सम्भावना नरहेको जनाएको छ ।

उक्त भूकम्पको केन्द्र समुद्रको सतहबाट करिब ६१ किलोमिटर गहिराईमा थियो । पृथ्वीमै भूकम्पीय जोखिमका दृष्टिले इन्डोनेसिया सबैभन्दा सङ्कटमा रहेको मानिन्छ ।

सन् २०१८ मा गएको ७.५ म्याग्नीच्यूडको भूकम्पले सुलावेशीको पालुमा मात्र चार हजार ३०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button