तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम राष्ट्रिय गौरवको योजनाका रुपमा अगाडी बढिरहेको छ : मन्त्री बस्नेत

काठमाडौँ । बन तथा बातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समिती नै गठन गरेर चुरे संरक्षणको दिर्घकालीन कार्यक्रमहरु सञ्चालन गरिरहेकोे बताउनुभएको छ ।

प्रतिनिधी सभाको आजको बैठकको प्रश्नोत्तर कार्यक्रममा मन्त्रालयसँग सम्बद्ध सांसदले सोध्नुभएका प्रश्नहरुको जवाफ दिदै बन तथा बातावरण मन्त्री बस्नेतले राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम राष्ट्रिय गौरवको योजनाका रुपमा अगाडी बढिहेको बताउनुभयो ।

उहाँले पोखरी संरक्षण, सिमसार क्षेत्रहरुको ब्यवस्थापन, कृषिबन लगायतका कार्यक्रम सञ्चालन गरेर त्यस क्षेत्रको दिगो विकासमा काम भईरहेको बताउनुभयोे ।

यस आर्थिक बर्षमा यसकालागि एक अर्ब ७४ करोड बजेट विनियोजन गरीएको जानकारी गराउदै बनमन्त्री बस्नेतले बृक्षारोपण र खोलानालाको संरक्षण र व्यवस्थापनलाई बिशेष अभियानकै रुपमा अगाडी बढाईने भएकाले यसबाट चुरे संरक्षणँंगै बन क्षेत्रको सन्तुलनमा समेत सहयोग पुग्ने बताउनुभयो ।

बनमन्त्री बस्नेतले चुरे क्षेत्रमा ४५ लाख मानिसको बसोबास रहेको उल्लेख गर्दै संबेदनशील ठाउँहरुको पहिचान गरी बस्ती ब्यस्थापन गर्ने र त्यस क्षेत्रमा पानी रिचार्ज गर्ने योजना पनि सरकारले बनाएकोे बताउनुभयो ।

सांसदहरुले भने चुरे क्षेत्रमा क्रसर उधोगहरुका कारण दोहन बढ्दै गएकाले सरकारको ध्यान अझ बढी त्यस तर्फ पुग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button