राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणको लागि धनगढीमा

कैलाली। राष्ट्रपति विद्यादेवी भण्डारी कैलाली आज आइपुग्नुभएको छ । राष्ट्रपति ३ दिने सुदूरपश्चिम भ्रमणको लागि बुधबार धनगढी आउनुभएको हो ।
राष्ट्रपति भोलि बिहीबार बैतडी जानु हुनेछ । बैतडीमा त्रिपुरासुन्दरी भगवती मन्दिरमा बिशेष पूजाआजा गर्ने कार्यक्रम छ । राष्ट्रपतिलाई दशरथचन्द नगरपालिकामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम समेत रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।
राष्ट्रपतिले सुदूरपश्चिमका ५ जिल्लाका विभिन्न ठाउँ अवलोकन गर्ने कार्यक्रम रहेको प्रदेश सरकारले जनाएको छ । राष्ट्रपति भण्डारी १७ गते काठमाडौँ फर्किनु हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्