कोरोना भाइरसका कारण अहिले सम्म २७६४ जनाको मृत्यु

एजेन्सी । कोरोना भाइरसका कारण हालसम्म विश्वभर २७६४ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको संख्या ८१ हजार पुगेको छ । पछिल्लो समय चीनमा यो भाइरस रोकथामका लागि ठुलो पहल गरिएको छ भने अन्य केही देशमा भने यो भाइरस तिब्र गतिमा फैलिएको छ ।
दक्षिण कोरिया र इटालीमा कोरोना भाइरसका कारण त्रासको अवस्था रहेको छ । कोरोना भाइरसका कारण विभिन्न महत्वपुर्ण कार्यहरु र’द्द भएका छन् भने कतिपय अन्तराष्ट्रिय उडान पनि रद्द भएका छन् । भाइरसबाट संक्रमित करिब ३०१६५ उपचारपछि ठीक भएर फर्किएका छन् ।








प्रतिक्रिया राख्नुहोस्