जनप्रतिनिधि तथा शिक्षा सम्बद्ध पदाधिकारीहरुका लागि क्षमता विकास कार्यशाला गोष्ठी आयोजना
कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका जनप्रतिनिधि तथा शिक्षा सम्बद्ध पदाधिकारीहरुका लागि क्षमता विकास कार्यशाला गोष्ठी आयोजना गरिएको छ ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र यु.एस्.ए.आई.डी को सहयोगमा बेलडाँडी गाउपालिकाले उक्त गोष्ठी आयोजना गरेको हो ।
बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन वहादुर थापा क्षेत्रीले उक्त गोष्ठीमा सिकेका कुरालाई व्यवहारमा उतार्नु पर्ने र विद्यार्थीलाई राम्रो शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण बहादुर रोकायाले विद्यार्थीहरुलाई राम्रो शिक्षा दिन शिक्षक शिक्षिका र अभिभावकको महत्वपूर्ण भुमिका रहने कुरामा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्