तपाईँ सुन्दै हुनुहुन्छः

अछाम जीप दुर्घटना हुदा १३ घाईते एकको मृत्यु

अछाम । अछाममा जीप दुर्घटना परी घाईते भएका मध्ये १ जनाको ज्यान गएको छ । ज्यान जानेमा ढकारी गाउँपालिका वडा नम्बर ३ तालिका ५० बर्षका राम नेपाली रहेका छन् । जिल्ला अस्पतालमा सामान्य उपचार पछि बाहिर रेफर गर्दै गर्दा उनको ज्यान गएको हो । नेपालीको टाउँको, अनुहार र छातीमा गम्भिर चोट लागेको थियो । जिल्लाको कमलबजार नगरपालिका वडा नं. ६ हात्तिबाँझमा से १ ज ९१० नम्बरको जिप दुर्घटना हुदाँ जिपमा सवार १३ जना घाईते भएका थिए ।

ढकारी गाँउपालिकाबाट सदरमुकाम मंगलसेन आउदै गरेको जीप दुर्घटना हुदाँ गम्भीर घाईतेमा ढकारी ६ की करिब ४५ बर्षकी पार्वति सुर्जीलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।

अन्य घाईतेमा ढकारी ३ तालिका पारु नेपाली, बालिका धनसरा नेपाली, बालक उज्जले नेपाली, ६२ बर्षिय पहराम बुढा, जीपचालक ढकारी १ का लली नेपाली, साँफेबगरका २५ बर्षिय मुकेश सुनार, कमलबजार नगरपालिका ५ कुईकाका पार्वती गुरुङ रहेका छन् । यस्तै ढकारी ६ का टिका सुर्जी, कैलाली बौनियाका एकेन्द्र सुनार, सोही ठाउँका पारस सुनार र ढकारी १ का तपेन्द्र बुढा रहेका छन् । उनीहरु सबैको जिल्ला अस्पताल अछाममा उपचार भैरहेको अछामका प्रहरी प्रमुख डिएसपी दीपक भारतीले जानकारी दिनुभयो ।

जीप आज करिब १२ बजेतिर सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको प्रहीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button