जनप्रतिनिधीलाई खबरदारी गर्नुहोसः मुख्यमन्त्री राई

भोजपुर । प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले सवै तहहरु बिच समन्वय गरेर बिकासका काम अघि बढाइने बताउनु भएको छ ।
जनताका सवै समस्याहरु समाधान हुने बताउँदै मुख्यमन्त्री राईले जनतालाई खुम्चिएर नबस्न आग्रह समेत गर्नु भएको छ । भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा आजबाट शुरु टेम्के मैयुङ मुन्दुम पर्यटकीय सांस्कृतिक महोत्सवको उद्घाटन गर्दे मुख्यमन्त्री राईले बिकासका लागि जनतालाई खुम्चिएर नबस्न र जनप्रतिनिधीलाई खवरदारी गर्न आग्रह समेत गर्नुभयो ।
आफनो कार्यकालमा नै सडक, पुल लगायतका बिकासका कामहरु हुने बताउँदै मुख्यमन्त्री राईले नयाँ नयाँ पर्यटकिय क्षेत्रहरुको पहिचानमा समेत आफुहरु लागि परेको बताउनुभयो । मुन्दुम मार्ग भोजपुरको लागि मात्र नभएको बताउँदै मुख्यमन्त्री राईले देशको बिकाससँग पनि यो जोडिएको बतानुभयो ।
दुई दिनसम्म टेम्के मैयुङ गाउँपालिकाको केन्द्र अन्नपूर्णमा हुने महोत्सवमा बिभिन्न क्षेत्रमा योगदान पु¥याउनेलाई सम्मान समेत गरिने भएको छ भने बरिष्ठ श्रष्टा गणेश रसिकको एकल साँझ र राष्ट्रिय कलाकारहरुको बिशेष सांगीतिक कार्यक्रम समेत हुने गाउँपालिका अध्यक्ष धुर्वराज राईले जानकारी दिनु भयो ।
गाउँपालिकाले भ्रमण बर्ष २०२० मा आफनो गाउँपालिका क्षेत्रमा मात्र १० हजार पर्यटक भित्रयाउने लक्ष्य समेत लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्