हुलाक कार्यालयका निमित्त प्रमुखविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बझाङ्गका निमित्त कार्यालय प्रमुख रणबहादुर कडायत र सुर्मा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय बझाङ्गका नायब सुब्बा शिवराज उपाध्यायविरुद्ध करिब ३ करोड बराबरको भ्रष्टचारको मुद्दा दायर गरेको छ ।
हुलाक वचत बैंकको रकम लापरवाही एवं बदनियतपूर्ण रुपमा सार्वजनिक कोषको दुरुपयोग गरी मासेको पुष्टि भएकाले उनीहरुविरुद्ध २ करोड ९४ लाख ८९ हजार रुपैयाँ विगो कायम गरि आज विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ ।
आजै अख्तियारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत कास्कीको मादी गाउँपालिका कार्यक्षेत्र भएका सव–इन्जिनियर नवलेस कुमार रौनियारलाई ४० हजार ५०० रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट गएको टोलीले नियन्त्रणमा लिएको हो ।








प्रतिक्रिया राख्नुहोस्