सभामुख सापकोटालाई पत्रकार महासंघको ध्यानाकर्षण

काठमाडौँ । नेपाल पत्रकार महासंघले संसदमा बिचाराधीन रहेका प्रेससँग सम्बन्धीत विधेयकहरुलाई सरोकारवाला पक्षहरुसँगको छलफलपछि मात्रै अगाडि बढ्ने वातावरण निर्माणका लागि सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ ।
महांघका कार्यबाहक अध्यक्ष विपुल पोखरेल र महासचिव रमेश बिष्टसहितको टोलीले संसद सचिवालय सिंहदरबारमा आज सभामुख सापकोटासँग भेट गरी प्रेस र अभिव्यक्ति स्वतन्त्रतासँग सरोकार राख्ने कानून निर्माण गर्दा सरोकारवालाको आवाज सुन्न आग्रह गरेको हो ।

भेटमा सभामुख अग्निप्रसाद सापकोटाले संसदमा बिचाराधीन विधेयकहरुलाई बढीभन्दा बढी छलफल गर्ने प्रक्रियामा आफ्नो पहल रहने बताउनुभयो ।
सभामुख सापकोटाले कुनै पनि बिषयमा रहेका त्रुटी सच्याउन छलफल र अन्तरक्रिया सहायक सिद्ध हुने पनि बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्