छाउपडी प्रभा अन्त्यका लागि कार्याक्रममा विशेष प्राथमिकता

काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले २०७६ लाई लैङ्गिक हिंसा विरुद्धको अभियान वर्ष अन्र्तगत छाउगोठ अन्त्य कार्यक्रमलाई बिशेष प्राथमिकताका साथ अगाडी बढाएको छ ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अन्तराष्ट्रिय कलंकको रुपमा रहेको छाउगोठ प्रथाको अन्त्य गर्न मर्यादित महिनावारी अभियानमा सरकार लागिरहेको बताउनुभयो ।
मन्त्री गुरुङले सदियौदेखी रहेको कुप्रथा सजिलै हट्न नसक्ने भन्दै संघ, प्रदेश, स्थानीय तह र विभिन्न संघसंस्थाहरुको समेत सहभागितका छाउपडी, मानव वेचविखन, कुरिती र कुसंस्कारको अन्त्य गर्न बिशेष कार्यक्रमहरु शुरु गरिएको जानकारी समेत दिनुभयो ।
सरकारले सन् २०२० देखि २०३० सम्ममा छाउपडी लगायतका कुरीति अन्त्यका लागि सरकारले कार्ययोजना बकनाउन लागेको भन्दै मन्त्री गुरुङले सामाजिक कुरीतिको अन्त्यका लागि मानसिक, सामाजिक र धार्मिक लगायतका सबैखाले बिधि प्रयोग गर्नु पर्नेे पनि बताउनुभयोे ।
यसैबीच, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, मानव अधिकार आयोग र दक्षिण गोलार्दयीय मर्यादित महिनावारी संजाल मिलेर २०७७ साल जेठ १३ १४ र १५ गते अन्तर्राष्ट्रिय मर्यादित कार्यशाला गोष्ठि आयोजना हुने भएको छ ।
उक्त गोष्ठिमा झण्डै २० देशका अनुसन्धान कर्मी, अभियान कर्मी, सरकारका प्रतिनिधि र नीति निर्माताहरु सहभागी हुनेछन् ।
महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्रै हुन्छ पुरा, भन्ने नाराका साथ नेपालमा हुन लागेको मर्यादित महिनावारी कार्यशाला गोष्ठि संसारकै पहिलो गोष्ठि हो ।








प्रतिक्रिया राख्नुहोस्