तपाईँ सुन्दै हुनुहुन्छः

सडकको लापरबाही विरुद्ध खबरदारी गर्ने दोलखाका नागरिक अगुवा पक्राउ

दोलखा । बर्षौंदेखि सडक अलपत्र पारेर जनतालाइ सास्ती दिएको भन्दै खबरदारी गर्न सडक आयोजनाको कार्यालय पुगेका दोलखाका नागरिक अगुवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

दोलखाको मुख्य प्रवेशमार्ग लामोसाँघु जिरी सडक आयोजनाको कार्यालय सिन्धुपाल्चोकमा खबरदारी गर्न आईतबार ठुलोपाखर पुगेका दोलखाका नागरिक अगुवाहरुलाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको हो ।

समयमा सडक निर्माण गर्न दवाब दिने उद्देश्यले सिन्धुपाल्चोक पुगेका नागरिक समाजका अभियान्ताहरु चिरन्जीबी मास्के, रमेश खतिवडा, गोर्कण भण्डारी, सिर्जन घिमिरे र ज्ञानबहादुर बस्नेतलगायतलाई प्रहरीले पक्राउ गरि चौतारातर्फ लगेको छ ।

सिन्धुपाल्चोक प्रहरी कार्यालय चौताराका निमित्त प्रहरी प्रमुख एवं प्रवक्ता माधब काफ्लेले काममा अवरोध गर्न खोजेको र कार्यालयमा ताला लगाउन लागेको भन्दै नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

भारतीय एक्जिम बैंकको ऋण सहयोगमा निर्माण हुन लागेको लामोसाँघु जिरी सडकखण्डको खाँडीचौरदेखि चरीकोटसम्म दुई खण्डमा बिभाजन गरी ठेक्का सम्झौता भएको थियो । तर समय अवधि सकिएको वर्षौं बितिसक्दा पनि काम नगरी सडक अलपत्र पारेको भन्दै नागरिक समाजको अगुवाइमा यस अघि पटक पटक सांकेतिक बिरोधहरु हुदै आएको थियो ।

उक्त सडकको निर्माण दुई वर्ष्भित्र सक्ने गरी २०७२ सालमा ठेक्का सम्झौता भएपनि मुडे चरिकोट खण्ड भने अहिलेसम्म पनि अस्तब्यस्त छ । ठेक्का सम्झौता अवधि सकिएको लामो समय बितिसक्दा पनि सडक निर्माणको कामले गति लिनसकेको छैन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button