नयाँ पुस्ताले इतिहासको अध्ययन गर्नुपर्छः प्रधानमन्त्री ओली
रासस । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले इतिहासको बारेमा अध्ययन गर्नुपर्ने बताउनुभएको छ ।
इन्द्र दह एकीकृत पर्यटन विकास समितिको आयोजनामा आज काठमाडौंमा आयोजित ‘चौँथो इन्द्र दह पर्यटन महोत्सव’को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालको गौरवपूर्ण इतिहास र वीरताको योगदानको कदर गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आफ्नो गर्दन दिएर देशलाई एकीकरणको बाटोमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने कालु पाँडे साहसी, दुरदर्शी र प्रेरणादायी व्यक्ति भएको धारणा राख्नुभयो ।
प्रधानमन्त्री ओलीले देशभरका वीरताको इतिहास झल्काउने किल्लाको संरक्षणको जिम्मा नेपाली सेनालाई दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेशले पर्यटन क्षेत्रको विकासका लागि विशेष योजना अगाडि सारेको उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्