सहिद स्मारक “बि” डिभिजन खेल्दै झम्सिखेल युथ क्लव

ललितपुर । एन्फा कम्प्लेक्स सातदोबाटोमा फागुन ११ गतेदेखि हुन लागेको सहिद स्मारक “बि” डिभिजन फुटबल प्रतियोगितामा ललितपुरमा रहेको झम्सिखेल युथ क्लवले सहभागिता जनाउने भएको छ ।
आज पत्रकार सम्मेलन गरी क्लवका प्रवक्ता कौशल घिमिरेले दिनुभएको जानकारी अनुसार सहिद स्मारक “बि” डिभिजन फुटबल लिगमा झम्सिखेल युथ क्लबको यो दोस्रो सहभागिता हो ।
२०६९ सालमा सहिद स्मारक “सी” डिभिजनको लागि छनोट भएको झम्सिखेल युथ क्लवले २०७३ मा भएको सहिद स्मारक “सी” डिभिजन फुटबल लिग प्रतियोगिताको उप–विजेता भई सहिद स्मारक “बि” डिभिजन फुटबल लिगमा सहभागिता जनाएको थियो ।
गत बर्ष भएको सहिद स्मारक “बि” डिभिजनमा पहिलो पटक भाग लिएको झम्सिखेल युथ क्लबले यस पटक लिग जित्ने र सहिद स्मारक “ए” डिभिजनमा उक्लने उद्देश्य राखेको क्लवका अध्यक्ष सन्दन थापा मगरले जानकारी दिनुभयो ।
“बि” डिभिजन प्रतियोगितामा विभिन्न १२ बटा क्लवको सहभागिता रहने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्