तपाईँ सुन्दै हुनुहुन्छः

अनुदान रकमको नियमन नहुँदा विकृति बढ्योः गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नेपालमा सञ्चालित सामाजिक संस्थामा आएको अनुदान रकमको नियमन नहुँदा विकृति बढेको बताउनु भएको छ ।

आजको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफ दिदै गृहमन्त्री थापाले नेपालमा दर्ता भएका सामाजिक संस्थाले वार्षिक ५० अर्ब रुपैया बढी विदेशी पूँजी भित्र्याउने गरे पनि सो रकमको उचित नियमन नहुँदा मुलुकको विकास, समृद्धि र सुधारमा असर पुगिरहेको जिकिर गर्नुभयो ।

उहाँले सामाजिक संस्था मार्फत आएको पैसा विकास र समृद्धिमा परिचालन नभएको पनि बताउनुभयो ।

समितिमा रेडक्रसमा अनियमितना भएको भनी परेको उजुरीका विषयमा छलफल भएको र सो विषयमा गृह मन्त्रालयले गरेका काम कारवाहीबारे जानकारी लिन गृहमन्त्री थापालाई बोलाइएको थियो ।

छलफलमा गृहसचिव महेश्वर न्यौपानेले गृहमन्त्रालयले भ्रष्टाचारको मुद्दा हेर्न नसक्ने र अख्तियारलाई यस्ता संस्थाको मुद्दा हेर्ने अधिकार नभएको जानकारी गराउँदै नियमनका लागि कानूनको अभाव रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button