तपाईँ सुन्दै हुनुहुन्छः

प्रमुख प्रतिपक्षी दलकोे अवरोधपछि प्रतिनिधीसभाको आजको बैठक स्थगित

काठमाडौँ । सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गर्न र त्यस बिषयमा प्रधानमन्त्रीले सदनमा आएर जानकारी गराउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधी सभाको बैठक अवरुद्ध गरेपछि आजको बैठक स्थगित भएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बाँस्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको र अडियोमा एजेन्टले मन्त्रीलाई कमिसन आउने बताएको भन्दै प्रतिनिधीसभाको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसद पुष्पा भुषाल गौतमले मन्त्रीको राजीनामाको मागसँगै यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई जानकारी गराउनुपर्ने माग गर्नुभयो ।

जग्गा फिर्ता गरेकालाई कारवाही नहुने भएजस्तै राजीनामा दिसकेपछि कारवाही गर्न पर्दैन भन्ने नहोस् भन्दै संसद यथास्थितीमा चल्न दिन नसक्ने सांसद भुषालले धारणा राख्दै गर्दा नेपाली काँग्रेसका सांसदहरु आ–आफ्नो स्थानमा उभिएर बैठक अवरुद्ध गर्नुभएको थियो ।

त्यसपछि पनि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बिषय प्रबेश गरिसकेको र जानकारीमा आए अनुसार सञ्चारमन्त्रीले राजीनामा पनि दिसकेको जानकारी अनौपचारिक रुपमा आएकाले सदन सुचारु गर्न पटक–पटक आग्रह गर्दा पनि प्रमुख प्रतिपक्षीदलले अवरोध गरिरहेपछि अवरोधको यस्तो अवस्थामा सदन चल्न नसक्ने भन्दै आजको बैठक स्थगित गर्नुभयो ।

प्रतिनिधी सभाको अर्को बैठक फागुन १३ गते मंगलबार दिनको १ः०० बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button