तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा सार्वजनिक गाडीमा यात्रुसँग दुई मिनेट कार्यक्रम

सल्यान । सल्यान प्रहरीले सार्वजनिक गाडीहरुमा दुई मिनेट यात्रु कार्यक्रम सञ्चालन गरेको छ ।

सडक दुर्घटना न्युनिकरण गर्न तथा यात्रुहलाई गाडी चालक र सह–चालकले राम्रो व्यवहार नगरेको गुनासो बढ्न थालेपछि प्रहरीले यात्रुसँग दुई मिनेट कार्यक्रम सञ्चालन गरेको हो ।

यात्रुहरुलाई गाडी चालकहरुले राम्रो व्यवहार गर्दैनन, अपशब्द प्रयोग गर्छन, कतिपय ठाउँमा त झन तोकेको भन्दा दोबर भाडा लिन्छन, भन्ने व्यापक गुनासो आएकाले कार्यक्रम सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटना न्युनिकरण गर्ने र चालकले यात्रुहरुसँग गर्ने व्यवहार बुझ्नुर यसो गर्दा यात्रुहरु पनि खुसि देखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button