तपाईँ सुन्दै हुनुहुन्छः

न्याय प्रणालीलाई स्वच्छ, सरल तथा प्रभावकारी बनाउन आफु प्रतिवद्ध : मन्त्री तुम्वाहाङफे

फाइल तस्बिर

बिराटनगर । कानुन न्याय तथा संसदिय मामिला मन्त्री शिवमाया तुम्वाहाङफेले न्याय प्रणालीलाई स्वच्छ, सरल तथा प्रभावकारी बनाउन आफु प्रतिवद्ध रहेको बताउनुभयो ।

बिराटनगर बिमानस्थलमा आज सञ्चारकर्मीसँग कुरागर्दै उहाँले संविधानको मर्म अनुसार न्याय व्यवस्थालाई थप प्रभावकारी बनाउने बताउनुभयो ।

गरिबि र असमान्तालाई हटाउन न्यायमात्र नभई हरेक क्षेत्रमा जनताको पहुँच हुनु आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले पितृसत्ता अझै पनि कायम रहेकाले त्यसलाई हटाउन मानिसको सोचमा परिवर्तन हुनु जरुरी रहेको बताउनुभयो ।

एक प्रश्नमा उहाँले संविधान कार्यान्वयगर्न आफुले उपसभामुख पद्धवाट राजिनामा दिएको बताउनुभयो । उहाँले उपसभामुखको जिम्मेवारी सम्हालेपछि पाँचबर्षमा गर्नुपर्ने काम दुईबर्षमा गरेको र त्यसबाट आफु सन्तुष्ट रहेको र आफुलाई कसैले अन्याय नगरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button