तपाईँ सुन्दै हुनुहुन्छः

रातु खोलाको दोहोनले सिञ्चाई प्रभावित, समस्या भोग्दै किसान

फाइल तस्बिर

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका–४स्थित रातु खोलाको दोहोनले सिञ्चाई प्रभावित हुँदा किसान समस्यामा परेका छन् ।

सिञ्चाई नहुँदा बालीनाली सुक्न थालेको किसानहरुले बताएका छन् । खोला खनेर गहिरो हुँदा पैनिमा(नाला)मा चढ्न नसकेको किसान गंगाप्रसाद महतोले सुनाउनुभयो । ‘उत्खननले खोलालाई बर्वाद पारिसक्यो,’ मापदण्ड विपरित खोलामा खनिँदा दुई सय बिघा जमिनमा सिञ्चाई प्रभावित बनेको उहाँले बताउनुभयो ।

उत्खननले खोला किनारमा लगाएको तट्बन्धन पनि धरापमा परेको छ । प्रत्येक वर्ष नदीले बहाव फेर्दा खेती योग्य जमिन बगर बन्दै आएको छ ।

जतीसम्म गिट्टी आउँछ, त्यति गहिरो खाल्टो खन्दा खोलाको प्राकृतिक स्वरुप फेरिएको छ । चैत्र–बैशाख नलाग्दै इनार, बोडिङ्ग, कुवा सबै सुक्न थालिसकेका छन् । अवैध उत्खन रोक्न वडा कार्यालय, नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छ सय जनाको हस्ताक्षरसहितको निवेदन हाल्दा पनि कुनै सुनवाई नभएको सन्तोष महतो बताउनुभयो ।

भंगहा नगरपालिकाले खोला उत्खनन गर्ने ठेक्का लगाएको छ । अनुगन गर्ने जिम्मा जिल्ला समन्वय समितिको छ । गैरकानुनी काम रोक्न प्रहरी छ । तर, खोलको अवैध उत्खन्न गर्ने ठेक्केदार र क्रसर चलाउनेप्रति कसैको नजर परेको छैन् । मापदण्ड विपरित नदी उत्खन्न र क्रसर बन्द गराउन आन्दोलित हुँदा पनि सुनवाइ भएको छैन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button