तपाईँ सुन्दै हुनुहुन्छः

यसरी मनाइयो टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी ७० औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा सरिक हुनुभयो ।

नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा हरेक वर्ष फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने गरिन्छ । परम्पराअनुसार, बुधबार टुँडिखेलमा प्रजातन्त्र दिवस मनाइएको छ ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र दिवस २०७६  मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, मन्त्री, सुरक्षा प्रमुखलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा सेनाको हेलिकोप्टरबाट पुष्प वर्षा गर्नुका साथै विभिन्न सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।

सो अवसरमा उपप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक नियोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत एवं कूटनीतिक नियोगका प्रमुखको उपस्थिति थियो ।

 

 

 

 

Image result for टुँडिखेलको प्रजातन्त्र दिवस

Image result for टुँडिखेलको प्रजातन्त्र दिवस

Image result for टुँडिखेलको प्रजातन्त्र दिवस

 

Image result for टुँडिखेलको प्रजातन्त्र दिवस

Image result for टुँडिखेलको प्रजातन्त्र दिवस

तस्बिर :रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button