सल्यानमा ३० करोडको सुन्तला उत्पादन
सल्यान । सल्यान जिल्लामा यो वर्ष ३० करोडको सुन्तला उत्पादन भएको छ ।
सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि र अनुकुल वातावरणको संयोग मिलेपछि सुन्तला उत्पादन राम्रो भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
यो वर्ष सल्यानमा ३० करोड बराबरको सुन्तला उत्पादन भएकोमा २२ करोडको सुन्तला निर्यात भएकोे कार्यालयले जनाएको छ । यो वर्ष दुई हजार हेक्टर क्षेक्रफलमा सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख महेश आचार्यले जानकारी दिनु भयो ।
गत आर्थिक वर्ष १ हजार ४० हेक्टर क्षेत्रफलमा ९ हजार १३ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । जिल्लामा झन्डै ७ सय २ घरधुरीले व्यवसायिक सुन्तला खेती गर्दै आइरहेका छन् ।
सल्यानमा उत्पादित सुन्तला दाङ्ग, बुटवल, नेपालगञ्ज, धनगढी, महेन्द्रनगरसम्म जाने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्