यशोधरामा स्थानीय बिपद् तथा जलवायू परिर्वतन उत्थानशील योजनानिमार्ण कार्यशाला सम्पन्न

कपिलबस्तु । यशोधरा गाँउपालिकाका लागि स्थानीय बिपद तथा जलवायू परिर्वतन उत्थानशील योजना निमार्ण गरिएको छ ।
यू.एम.एन तथा अष्ट्रेलियन एडको आर्थिक सहयोग र यशोधरा गाउँपलिका तथा दलित सामाजिक बिकास केन्द्रद्वारा सञ्चालित जीवकोपार्जन तथा वातावरण सुधारद्वारा समुदायको उत्थानशिल्ता सवलीकरण परियोजनाको सयूक्त अयोजनामा भएको कार्यक्रममा स्थानीय बिपद तथा जलवायू परिर्वतन उत्थानशील योजना निमार्ण गरिएको हो ।

यसक ासाथै कार्यक्रममा बिपद न्यूनिकरण तथा सहयोगका लागि पालिकास्तरीय पूर्व चेतावनी कार्यदल ,समावेशी सुनिश्चतता कार्यदल ,प्राथमिक उपचार कार्यदल ,खोज तथा उद्धार कार्यदल ,राहत ब्यवस्थापन कार्यदल समेत गठन गरिएको गाउपालिकाका सुचना प्रबिधी अधिकृत अनिल ओझाले जानकारी दिनुभयो ।
यस योजनाबाट गाउँपालिकालाई स्थानीयस्तरमा आईपर्ने बिपतमा अगाडी बढ्न र जलवायू परिवर्तनको विश्वव्यापी समस्या न्यूनीकरणमा स्थानीयस्तरमा अगाडी बढ्न सहयोग पुग्ने जीवकोपार्जन तथा वातावरण सुधारद्धारा समुदायको उत्थानशील्ता सवलीकरण परियोजनाका परियोजना अधिकृत सुमन न्यौपानेले बताउनुभयो ।
कार्यशालामा यशोधरा गा.पा.का अध्यक्ष गिरजेश कुमार पाण्डे, उपाध्यक्ष कन्यावती उपाध्यक्ष, कार्यकारी अधिकृत रामचन्द्र ढकाल,आठ वटै वडाका वडा अध्यक्ष, यशोधरा गाँउपालिकाका स्थानीय बिपद ब्यवस्थापन समितिका पदाधिकारी, सबै शाखाका शाखा प्रमुख, पालिका स्तरिय अपाङ्गता संजालका प्रतिनिधि, महिला प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, यू.एम.एनका मेल्सन श्रेष्ठ, दलित सामाजिक बिकास केन्द्रका कार्यबाहक अध्यक्ष संजय कोरीलगायतको सहभागी रहेको थियो ।

कार्यक्रमको सहजिकरण परियोजनाका अधिकृत सुमन न्यौेपाने, बिजय ठकुरी र फिल्ड अधिकृत रमेश प्रसाद कुमिले गर्नुभएको थियो ।
कार्यक्रमको समापन सत्रमा गाँउपालिका अध्यक्ष गिरजेश कुमार पाण्डे , प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, वडा न. ६का वडा अध्यक्ष श्यामनारायण उपाध्याय, पशु बिकास अधिकृत अब्दुल सलाम,पत्रकार शम्भु शैनी, दलित समाजिक बिकास केन्द्रका कार्यबाहक अध्यक्ष संजय कोरी, यू.एम.एनका मेल्सन श्रेष्ठलगायतले बिपद् जुनसुकै बेला आउनसक्ने भएकाले पूर्ब सतर्क रहनु आवश्यक रहेको धारणा राख्नुभएको थियो ।









प्रतिक्रिया राख्नुहोस्