तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस संसदीय दलमा राष्ट्रिय सभाका सदस्य दुर्गा प्रसाद उपाध्यायको श्रद्धाञ्जली सभा

काठमाडौं ।नेपाली कांग्रेस संसदीयदलको कार्यालयले आज सिंहदरबारमा श्रद्धाञ्जली सभाको आयोजना गरी राष्ट्रिय सभाका सदस्य दुर्गा प्रसाद उपाध्यायको निधनप्रति दुख ब्यतगर्दै शोक प्रस्ताप पारीत गरेको छ ।

श्रद्धाञ्जली सभामा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउबाले स्व.उपाध्यायले पार्टी संगठनमा पु¥याएको योगदान र सक्रियता मत्वपूर्ण रहेको भन्नुहुंदै उहाँको असामयीक निधनले पार्टीमा एक शशतयूवा नेताको अभाब सधै खड्कीने बताउनुभयो ।

महामन्त्री सशांक कोईरालाले २०४६ शाल देखी निरन्तर पार्टीको राजनीतिमा सक्रिय उपाध्याय एक जनपे्रमी नेता रहेको बताउनुभयो ।नेपाली काँग्रेस प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाँडले गाउंको विकास र जनतालाई प्राथमिकता दिने उपाध्यायको सपनालाई पार्टीले आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रदेश नं ५ बाट २०७४ शालमा राष्ट्रिय सभा निर्वानमा नेपाली काँग्रेस बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित उपाध्यायको निधन यही फागुन २ गते क्यान्सर रोगबाट भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button