तपाईँ सुन्दै हुनुहुन्छः

उपयोगविहीन भो : २३ वर्षदेखि १३ बिघा जग्गा

बाँके-बाँकेको कोहलपुर नगरपालिकास्थित लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडको १३ बिघा जग्गा २३ वर्षदेखि उपयोगविहीन बनेको छ । एकेडेमीले अस्पतालको भौतिक संरचना बनाउन भन्दै तत्कालीन सरकारसंग २३ बुँदे सम्झौता गरी जग्गा भाडामा लिएको थियो ।

एकेडेमीले सोही जग्गामा नै अस्पताल निर्माण गरी सञ्चालन गर्ने सहमति सम्झौतामा भएको थियो । तर, एकेडेमीले सम्झौताविपरीत कोहलपुर नगर विकास समितिबाट सहुलियत दरमा १० बिघा जग्गा लिइ भौतिक संरचना बनाई अस्पताल सञ्चालन गरेको भेटिएको छ ।

अहिले कोहलपुरमा रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालन भएको जग्गा नगर विकास समितिबाट प्राप्त सहुलियतको हो । तत्कालीन शिक्षा मन्त्रालयका तर्फबाट निमित्त सचिव जयराम गिरी र एकेडेमीका अध्यक्ष मुकुन्दभक्त श्रेष्ठ बीचमा २०५३ पुस ४ गते उक्त जग्गा भाडाका लागि २३ बुँदे सम्झौैतापत्रमा हस्ताक्षर भएको जनाइएको छ ।

साविक रझेना गाविस–४ को कित्ता नं ९८ मा रहेको १३ बिघा जग्गा भाडामा लिइएको थियो । सम्झौतापत्रमा ४९ वर्षपछि जग्गामा निर्माण भएका पूर्वाधार तथा उपकरण र अन्य सामग्री नेपाल सरकारको मातहतमा हुने सहमति छ ।

एकेडेमीले जग्गा भाडाबापत अस्पतालले एक जना विद्यार्थी बराबर सात श्ययाको अस्पताल निर्माण गर्ने, आर्थिक अवस्था कमजोर रहेका नागरिकलाई निःशुल्क औषधि र ३० प्रतिशत श्यया पनि उपलब्ध गराउने सहमति छ । एकेडेमी तथा नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा सुरेश कनोडियाले उक्त जग्गा सरकारलाई फिर्ता गरिसकेको जानकारी दिनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button